ओली नेतृत्वमा देश तिव्र गतिले प्रतिगमनतिर दौडिरहेको डा. भट्टराईको टिप्पणी, धनराज भन्छन्, निर्वस्त्र मान्छेले जे बोल्दा पनि हुन्छ ?

khabarwave
२० कार्तिक २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाभित्रको विवादलाई व्यङ्ग्य गर्दै ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएकाे बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेकासंग सहकार्य गरे, पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसंग एकता गरे।अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ?

यसैगरी डा. भट्टराइले अर्काे ट्वीट गर्दै भनेका छन्, यो तीतो सत्य भन्नैपर्छ,  नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो। यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो ।

 

यसैगरी बुधबार प्रधानमन्त्रीले उठाएकाे राजीनामाकाे प्रसंगमा नेपाली काँग्रेसका प्रभावशाली नेता धनराज गुरुङले व्यग्य गर्दै ट्वीटरमार्फत् भनेका छन्, अब के ? सबैले सोचौं !  स्वास्थ्यकर्मीहरुले उचित पारिश्रमिक नपाएर राजिनामा दिइरहेका छन्। बिरामीहरु उपचार नपाएर मृत्युबरण गर्न बाद्य भइरहेका छन्। अझ राजीनामा दिए देश बर्बाद हुन्छ रे ! मध्यरातमा गोयलले राष्ट्रवादी लुगा फुकालेर दिल्ली लगेपछि निर्वस्त्र बनेको मान्छेले जे बोल्दा पनि हुने हो ?

 

Loading spinner