ओलीमाथि थप अनुशासनको कारबाही गर्न स्थायी कमिटीको बैठक बस्ने

khabarwave
१ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।ओली समूहले  नेकपाको आधिकारिक आफूहरु नै भएको दाबी गरेको छ ।  नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन रहेकाेछ ।

प्रतिनिधिसभा विघटन  गरेपछि प्रचण्ड– माधव समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको हुदा स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्ने बताए ।

 

 

 

Loading spinner