एसईईकाे आवेदन फारम खुल्याे तर परीक्षा मिति भने अन्यौलमै

khabarwave
१५ पुष २०७७

काठमाण्डाै ।  राष्ट्रिय परीक्षा बोर्डकाे परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० काे २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ। माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ।बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिकतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ।रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ।एसईई कहिलेदेखि हुने भन्नेमा  अन्यौलता रहेपनि बोर्डले सूचना निकालेकाे हाे ।

Loading spinner