उपत्यकासहित देशभर एक्कासी चिसो बढ्याे, हल्का बर्षा र हिमपात हुने
काठमाडौं । भाइटिकाका दिन काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो ।
माथिकाे स्राेत- विभाग,जल तथा मौसम विज्ञान विभाग
त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ ।
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का बर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।