उपत्यकाकाे निषेधाज्ञा एक साता लम्ब्याईयाे (अब के के गर्न पाइन्छ हेनुर्हाेस् सूची)

khabarwave
१७ भाद्र २०७७

काठमाडौं/ उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारीहरुकाे    बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।निषेधाज्ञा  अहिलेकाे स्वरुपमा निरन्तरता दिने या अझ कडा बनाउने भन्ने दुबिधाकावीच भदाै २४ सम्म  थप्ने निष्कर्षमा स्थानिय प्रशासन पुगेकाे हाे ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । यसबारेमा केहिबेरमा प्रष्ट्र‍पारिने बताईएकाे छ । यसअघि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

Loading spinner