उपचारमा आर्थिक सहयाेग

khabarwave
८ कार्तिक २०७७

काठमाण्डाै ।  बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ बस्ने  ११ बर्षिय बिधान पुनकाे उपचारमा सहयाेग पुगाेस भन्ने हेतुले  नेपाली कांग्रेस जापान-नेपाल तरुण दलका सम्पर्क समितिका अध्यक्ष युवराज अधिकारी बाट प्राप्त सत्ताइस हजार रकम उनका पिता बिजय पुनलाई हस्तान्तरण गरियो ।

नेपाली कांग्रेस संगठन विभाग केन्द्रीय सदस्य जन्मजय तिमल्सिनाको   पहलमा विगत लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित विधानको उपचारका लागी अधिकारीबाट प्राप्त रकम नेता तिमल्सिनाले बिरामीका पिता बिजयलाइ  हस्तान्तरण गर्नुभएको थियाे ।नेपाली कांग्रेस जिल्ला कार्य समितिका  सदस्यसमेत रहनुभएका बिजयकाे आर्थिक अवस्था कमजोर भएकै कारण उनका छोराकाे उपचारकालागि मनकारीले सहयाेग दिइरहेका छन् । बिधानलाइ सिभिल अस्पतालबाट  हाल अन्तर्राष्ट्रिय  बालमैत्री अस्पतालमा उपचारकालागि ल्याइएकाे छ । उनलाइ अहिले आसियूमा भर्ना गरिएकाे छ ।

Loading spinner