उद्योग वाणिज्य महासंघको चुनाव गर्न गृह मन्त्रालयकाे अनुमति

khabarwave
९ आश्विन २०७७

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृह मन्त्रालयले अनुमति दिएको छ ।

महासंघले आगामी मंसिरकाे दोस्रो साता हुने महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति माग गरेकाे र प्राप्त भएको बताइएकाे छ ।गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको हाे ।

महासंघको अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने छ  ।  देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेसन रोकिएको थियो ।

Loading spinner