इको प्यानल नेपालकाे ब्राण्ड एम्वेसडरमा क्षेत्री

khabarwave
११ कार्तिक २०७७

काठमाडौं । कलाकार सन्दीप क्षेत्री इको प्यानल नेपाल प्रालि चाँंगुनारायण २ भक्तपुरको ब्राण्ड एम्वेसडरमा नियुक्त भएका छन् । इटाको विकल्पका रुपमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यनलको एम्वेसडरमा क्षेत्री नियुक्त भएका हुन् । आफू इको प्यानलको एम्वेसडरमा नियुक्त हुन पाएकोमा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत खुशी व्यक्त गरेका छन् ।

भूकम्पले ध्वस्त संरचना छिटो निर्माण सम्पन्न हुने निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानलको व्राण्ड एम्वसेडर हुन पाएकोमा आफूलाई गर्व लागेको उनले जनाएका हुन् ।

कारखानामा पहिला नै तयार पारिएको निर्माणस सामाग्री निर्माणस्थलमा जोड्दा मात्रै पुग्ने भएकोले इको प्यानलको प्रयोगबाट छिटो निर्माण सम्पन्न हुने भएको हो । इको प्यानल नेपालले आफनो उत्पादन निकट भविष्यमै गर्न लागेको जनाइएको छ ।

Loading spinner