आफ्नै नेता सहभागी कार्यक्रममा नेकपाकै कार्यकर्ताबाट नारावाजी, बामदेब भन्छन-पार्टीमा विभाजन आउदैन

khabarwave
६ मंसिर २०७७

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । उनले भनेका छन- पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन । पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए । यसैबीच पूर्वी चितवनमा नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको पाण्डे सहभागी अगुवा कार्यकर्ता भेलामा मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए।नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको बताइएकाे छ ।

 

Loading spinner