
आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक
काठमाडौं। अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाइ नियुक्त गरेका छन्। विभागको जिम्मा मैनालीलाई दिएको हो। यसअघिका महानिर्देशक बिनोदबहादूर कुँवरलाई प्रदेश सरुवा गरेपछि त्यो स्थान मैनालीलाई पाएका हुन ।
मैनाली हाल राजस्व अनुसन्धान विभागमा छन्। उनी २०७५ सालदेखि त्यहाँ महानिर्देशकमा कार्यरत छन्। यो विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत पर्छ।मैनालीलाई महानिर्देशक बनाउन सहमतिको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ। सामान्य मन्त्रालयले अनुमति दिएपछि कार्यभार सम्हाल्ने छन्।