आज माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने
काठमाडौँ । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दै छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकले यसबारे निर्णय लिनसक्ने बताइएकाे छ ।नयाँ सरकार गठनका लागि स्पष्ट खाका तयार नभएकाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको हो ।
मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा पुग्ने बताए ।