आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बस्दै , भाबि रणनीतिका बारेमा निर्णय हुने

khabarwave
१३ माघ २०७७

काठमाडौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठककाे पूर्बसन्ध्मा सोमबार पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुले छलफल गरेका छन ।  केन्द्रीय कार्यसमितिकाे बैठकले पार्टीको १४ औँ महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गरिने बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरुले बताएका छन् । देउवाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन्।

Loading spinner