आज नेपाली कांग्रेसकाे  देशभर विरोध प्रदर्शन,काठमाडौंमै पाँच स्थानबाट जुलुस,प्रर्दशनमा सहभागिता जनाउन पार्टी नेताहरू जिल्ला – जिल्लामा( काे-कहाँ)

khabarwave
२९ मंसिर २०७७

काठमाडौ– आज नेपाली कांग्रेसले  देशभर विरोध प्रदर्शन  गर्दैछ । जिल्ला कार्यसमिति काठमाडौंले पाँच स्थानबाट जुलुस–¥याली निकाली शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने  कार्यक्रम तय भएको छ । काठमाडौंको निर्वाचन क्षेत्र नं १ ले पद्मोदय मोडबाट क्षेत्र नं २, ३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्वर ५,६ र ७ ले लैनचौरबाट, क्षेत्र नं ८ ले बसन्तपुरबाट र क्षेत्र नं ९ र १० ले शहिदगेटबाट छुट्टाछुट्टै जुलुस निकाल्ने भएका छन् ।

पाँच ठाउँबाट निकालिएको विरोध ¥याली त्रिचन्द्र कलेज अघि एकीकृत भइ बागबजारबाट पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, भद्रकाली, शहिदगेट, सुन्धारा, भोटाहिटी हुँदै शान्तिबाटिका पुगेर काेणसभामा परिणत हुनेछ । यसैबीच काठमाडौं जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा नेता रामचन्द्र पौडेल खटिएका छन् ।

।नेपाली कांग्रेसले २९ गते देशभर गर्न लागेको प्रर्दशनमा पार्टीका बर्तमान तथा पूर्व पदाधिकारीहरु विभिन्न जिल्लामा जाने भएका छन् । जसअनुसार सभापति शेरबहादुर देउवा मकवानपुर जानेछन भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको प्रर्दशनमा सहभागि हुनेछन् ।

त्यसैगरि उपसभापति बिमलेन्द्र निधी भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रममा सहभागि हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुने तय भएको छ ।

केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार  नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखराको कार्यक्रममा सहभागि हुनेछन् । केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ ।पार्टी केन्द्रीय कार्यालयका अनुसार पदाधिकारी र पूर्व पदाधिकारीहरु विभिन्न जिल्लाको कार्यक्रममा सहभागि हुने तर अन्य नेताहरुलाई जिम्मेवारी नै खटाएको भने छैन् । जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने छन।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यालयले २९ गतेको प्रर्दशनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ । सोमबारको प्रदर्शन व्यवस्थित, भव्य र बृहत बनाउन पार्टीकोे जिल्ला स्तरिय भ्रातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतलाई परिचालन गरिएको छ । प्रदर्शनमा सामाजिक दूरी कायम गरी अनिवार्य माक्सको प्रयोग गर्न सूचित गरिएको छ

Loading spinner