नेकपा विभाजनकाे तमासा प्रदेश १ काे प्रदेशसभामा आज देखिदै ,प्रचण्ड-माधव समूहका १६ जना प्रदेशसभा सदस्य प्रवेश गरे बैठक सञ्चालन हुन नदिने सत्ता पक्षकाे तयारी

khabarwave
२५ माघ २०७७

काठमाण्डाै ।    नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड-माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन  १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने र प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।

प्रचण्ड-माधव समूहले पनि मुख्यमन्त्री  राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड-माधव समूहले निलम्बनको विषय उठाएको छैन । दिउँसो २ बजे बस्न लागेको उक्त बैठक अघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्ने बताइएकाे छ  ।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपाली कांग्रेसले संकेत दिएको छ । अविश्वासको प्रस्तावको पक्षमा उभिने कांग्रेसको संकेतपछि प्रचण्ड-माधव समूह आइतबारकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा छ ।तर ओली समूह भने संसद् बैठक लम्ब्याउने पक्षमा छ ।गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

Loading spinner