आज देउवाले बाेलाए सर्वदलीय बैठक,सरकारविरुद्ध कठाेर रणनीति बनाउने
काठमाडौं। प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका छन । प्रमुख प्रतिपक्षी दलकाे हैसियतले नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको हाे ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुलाई बोलाइएकाे छ ।
हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकमा संसद विघटनकाविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको थियो।
आज सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।