आज केपी ओली समूहकाे नारायणहिटी गेटमा प्रदर्शनसहित आमसभा ,३ लाख कार्यकर्ता उतार्ने दाबी
काठमाडौं । नेकपाकाे केपी ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको छ ।आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ ।कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।
काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकाे छ ।