आज कांग्रेसले संसद विघटनको विरोधमा देशभर शक्ति प्रदर्शन गर्दै

khabarwave
१३ पुष २०७७

काठमाडौं ।  नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ । नेपाली कांग्रेस काठमाडौं जिल्लाका  १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्नेछन ।कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ ।

 

 

Loading spinner