आज अख्तियारबाट विशेष अदालतमा २ मुद्दा दर्ता

khabarwave
८ मंसिर २०७७

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार दुइ मुद्दा विशेष अदालतमा दर्ता गरेकाे छ ।  अख्तियार प्रबक्ताबाट जारी बिज्ञप्ती अनुसार  करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउने बिचौलिया मोहनलाल ढकालले फर्मको स्थायी लेखा नम्बर  लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज मोहनलाल ढकाललाई सेवाग्राहीबाट दश हजार घुसररिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा निज मोहनलाल ढकालले सेवाग्राहीसँग फर्मको स्थायी लेखा नम्बर लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने घुसररिसवत लिएको पुष्टि हुन आएकोले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे । त्यसैगरी

जिल्ला महोत्तरी, गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश महतो चौहानले  सेवाग्राहीबाट रु १७,६००।– घुसररिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको र थियो ।

अनुसन्धानको सिलसिलामा घुसररिसवत लिएको पुष्टि हुन आएको हुँदा  चौहान उपर बिगो सत्र हजार छ सय कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय(क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत,  आरोपपत्र दायर गरिएकोअख्तियारले जनाएकाे छ ।

Loading spinner