आजकाे स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीकाे सहभागीता अनिश्तित, नेकपा बिवाद निर्णायक मोडमा पुगेकाे संकेत

khabarwave
५ पुष २०७७

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागीताका बारेमा अन्याैलता रहेकाे बताइएकाे छ ।

ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् । अब नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल–नेपाल समूहको तयारी छ ।
प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् । शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएपछि शनिबार दाहाललाई भने ओलीले बैठकमा आफू नआउने जवाफ दिएका थिए ।

अहिलेसम्म स्थायी समितिको बैठक लम्ब्याउने दाहाल र ओली समूहकै रणनीति थियो । अब विवाद निर्णायक मोडतिर गएको संकेत देखिएकाे छ ।  निर्णायक कदमका लागि नै कार्यकर्तालाई मानसिक रुपमा तयार गराउन दाहाल–नेपाल समूहले कार्यकर्ता भेला गरिरहेका छन् ।

 

 

 

 

Loading spinner