आइतबारबाट सर्वोच्च अदालतका सबै सेवा सुचारू हुने

khabarwave
२५ भाद्र २०७७

काठमाडौं । कोरोना कहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी भएपछि र राजधानीमा समेत निषेधाज्ञा लागू भएपछि बन्द भएको सर्वोच्च अदालतको सेवा भदौ २८ गतेदेखि शुचारु हुने भएकोछ । अदालतमा रोकिएका सबै कार्य आइतबारबाट शुचारु हुने सर्वोच्च अदालतको कर्मचारी प्रशासन महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ ।

चैत ११ गतेपछि लकडठाउन जारी भएसँगै देशभरका अदालतका सेवा प्रधावित हुँदै आएका छन् । सेवा बन्दी प्रत्यक्षीकरण र राष्ट्रिय सरोकारका मुद्दा बाहेक जनसरोकारका मुद्दाहरु रोकिँदा न्याय पाउनबाट आम नागरिक बञ्चित भएका छन् । उपत्यकाको निषेधाज्ञा बिहीबारबाट केही खुकुलो बनाइएसँगै सर्वोच्च प्रशासनले आइतबारबाट सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

Loading spinner