आइतबारबाट देशभरका आकस्मिक र कोभिडबाहेकका सम्पूर्ण सेवा बहिस्कार

khabarwave
२४ आश्विन २०७७

काठमाडौं । नेपाल चिकित्सक संघले  आइतबारबाट देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड १९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

चिकित्सक संघले २७ दिनदेखि आमरण अनसनरत डा. गाबिन्द केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र भन्दै उसले आइतबार आकस्मिक र कोभिड बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।

डा। केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा .केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् ।
तर सहमति जुट्न सकेको छैन ।

यसअघि सरकार वार्ता टोलीका संयाेजकले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेका थियाे।

बिहिबारदेखिकाे सहमति प्रयास असफल भएपछि शिक्षा सचिव एंब सरकार वार्ता टोलीका संयाेजक गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत सार्वजनिक गरेको थियाे।

गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको वार्ता टोलीले भनेका छ, ‘कोभिड(१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गरिदिन हुन प्रा डा गोविन्द केसीलाई वार्ता समिति अनुरोध गर्दछ ।

Loading spinner