प्रधानमन्त्रीलाई प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरु भेट्दै, औपचारिक बैठक बोलाउन दबाब दिने

khabarwave
२२ कार्तिक २०७७

काठमाडौं ।  नेकपाभित्रकाे बिवाद उत्सर्गमा पुगेकाे छ । दुबै  अध्यक्ष बेग्लाबेग्लै रणनिति बनाउदैछन । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छन् । ओलीसँग भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल जुटेका थिए ।

धुम्बाराहीको छलफल सकिएपछि ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल गर्ने बताइएकाे छ ।

सचिवालयका नौमध्ये पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।

 

Loading spinner