अहिलेसम्मकै बढी २ हजार ७सय २२ जनामा संक्रमण ,उपत्यकामा थपिए १ हजार ६सय ३८ संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७सय २२ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । १४ हजार ७३९ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको हो ।
अब कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । उनीहरुमध्ये ५सय२० जनाको मृत्यु भएको छ भने ६० हजार ६सय९६ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा मात्र ३३सय ०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६सय ३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२सय८० जना, भक्तपुरमा १सय ९६ र ललितपुरका १सय ६२ जना छन् ।