असंवैधानिक कदमविरुद्ध कांग्रेसकाे आज  देशभर प्रदर्शन, घर-घरबाट सहभागिता जनाउन देउवाकाे आग्रह

khabarwave
३ फाल्गुन २०७७

काठमाडौँ ।  नेपाली कांग्रेसले आज  देशभर प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दाेलनरत कांग्रेसले गत पुस छ गते सरकारको सिफरिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा भएको भन्दै देशभर विरोध प्रदर्शन गर्ने भएकाे हो ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी सरकारको असंवैधानिक कदमविरुद्धको प्रदर्शनमा सहभागि हुन सबैलाई अपिल गरेका छन्।

‘संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्’ विज्ञप्तिमा भनिएको छ,‘अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु।’

 

Loading spinner