अवैध रुपमा घरेलु कामदार पठाउने म्यानपावर कम्पनीको दर्ता खारेज गर्न निर्देशन

khabarwave
१४ आश्विन २०७७

काठमाण्डाै ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अवैध रुपमा घरेलु कामदार पठाउने म्यानपावर कम्पनीको दर्ता खारेज गर्न र कानुनअनुसार कारबाही गर्न निर्देश गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले साे निर्णय गरेकाे हाे । बैठकले क्लिनिङ, सेल्स वर्कर वा पर्यटक भिसामा कामदार लगेर विदेशमा घरेलु श्रमिकको रुपमा काम लगाइएको पाइएमा पठाउने व्यक्ति वा म्यानपावर कम्पनीलाई कारवाही गर्न भनेकाे छ ।श्रम सम्झौता भएको देशमा घरेलु मजदुर जानका लागि रोक्न नहुने समितिले ठहर गरेको छ ।

सभापति श्रीवास्तवको नेतृत्वमा श्रम तथा उपभोक्ता हित समितिले २०७६ साल फागुन १७ गतेदेखि २९ गतेसम्म नेपाली श्रमिक रहेका विभिन्न खाडी मुलुकहरुको स्थलगत अध्ययन गरेको थियो । सोही अध्ययनका आधारमा समितिले श्रम सम्झौता गरेका मुलुकहरुमा घरेलु कामदार सशर्त खुला गर्न निर्देशन दिएको हो ।

 

 

Loading spinner