अवैतनिक दूतका सवारीको निलो नम्बर प्लेट खारेज

अवैतनिक दूतका सवारीको निलो नम्बर प्लेट खारेज

khabarwave
२६ आश्विन २०८२

काठमाडौं । नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरलरकन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ। अवैतनिक कन्सल जनरलरकन्सलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अवैतनिक कन्सुल जनरलरकन्सुलहरूले आफूले प्रयोग गर्ने सवारीसाधनमा निलो नम्बर प्लेट राख्ने गरेका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रिपरिषद् बैठकले सो सुविधा खारेज गरेको हो। निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरूपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको हो। हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनहरूलाई निजी सवारी साधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायहरूसँग यस निर्णयको कार्यान्वयनको लागि आवश्यक समन्वय हुने प्रवक्ता क्षेत्रीले बताए। अवैतनिक कन्सल जनरलरकन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित ९नियुक्ति दिने० मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुखरसरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा विदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत् रहनेछ। यसअघि कोरोना महामारीका बेला व्यवसायी सुलभ अग्रवालले निलो प्लेटको गाडीमा थर्मल गनको कालोबजारी गरेको आरोपमा तत्कालीन केपी ओली सरकारले अवैतनिक कन्सुल जनरल कन्सुलहरूले प्रयोग गर्ने सवारीसाधनमा निलो नम्बर प्लेट खारेज गरेको थियो। छानबिनको केही समयलगत्तै पुन प्रयोग गर्न दिइएको थियो।

Loading spinner