अविस्वासको प्रस्तावको सुइकोले प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय

khabarwave
५ पुष २०७७

काठमाडौं । पार्टीभित्रको अन्तरकलह सिंगो देशमाथि थोपरिएको छ । सरकारले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतवार आकाश्मिक रुपमा बालुवाटारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको हो।
केही मिनेटका लागि चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय सुनाएर निस्किएका हुन्। यस विषयमा मन्त्रीहरुबीच छलफलसमेत नभएको एक मन्त्रीले जानकारी दिए। यता प्रधानमन्त्रीको सचिवालय स्रोतले प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्तावको तयारी भइरहेको कारण संसद विघटनको निर्णय भएको जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई हटाउनका लागि नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसदको हस्ताक्षर अविवस्वासको प्रस्ताव बोकेर हिँडिरहेको र संसद सञ्चालन हुना साथ दर्ता गर्ने तयारी गरिरहेको जानकारी प्रधानमन्त्रीले प्राप्त गर्ना साथ विघटन गर्ने निर्णयमा प्रधानमन्त्री पुगेका हुन्। पूर्व माओवादी समूहका मन्त्रीहरुले भने निर्णय सुनाइएको तर यसमा आफूँहरुको सहमति नभएको बताएका छन्।

Loading spinner