अर्याल सचिवमा बढुवा

khabarwave
२० माघ २०७७

काठमाडौँ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहसचिव सुमनराज अर्याललाई विशिष्ट श्रेणीमा (सचिवमा) बढुवा गरेको छ ।लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको बढुवा समितिको बैठकले प्रशासन समूहको रिक्त सचिवमा बढुवा गर्न सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको थियो ।हाल उद्योग मन्त्रालयमा चन्द्र कुमार घिमिरेकाे अबकाश पछि सचिव पद रिक्त छ ।

 

Loading spinner