अर्थमन्त्री पौडेल भन्छन-प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन

khabarwave
८ पुष २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न र  प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने बताएका छन् । नेकपा ओली समूहको लुम्बिनी प्रदेशस्तरीय भेलालाई बुधबार सम्बोधन गर्दै महासचिव पौडेलले उक्त कुरा बताएका हुन ।

उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए ।

Loading spinner