
अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारमा डा. श्रेष्ठ नियुक्त
काठमाण्डाै । अर्थमन्त्री विष्णु पौडेलकाे प्रमुख आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन्। अर्थमन्त्री पौडेलले उनलाइआर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्।अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन्। यसअघि दुई वर्ष प्रदेश ५ काे योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका श्रेष्ठले साे पदमा रहदा सफलतापूर्बक भूमिका निभाएका थिए । उनी नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्।
कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा अर्थ मन्त्रालय समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ।