
अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार
काठमाण्डाै । प्रधानमन्त्री केपी ओलीको प्रतिवद्धताअनुसार चितवनको अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार भएको छ। नेकपाकी नेतृ एवं राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले राम र सीताको मूर्ति तयार भइसकेको र प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति देखाएको बताइन्।
प्रधानमन्त्री निवास बालुवाटार राखिएको मूर्ति को कलकारले कति रकममा निर्माण गरेका हुन भन्नेबारेमा केही खुलाइएको छैन्। प्रधानमन्त्री ओलीले माघ १७ गते चितनवमा आयोजित कार्यक्रममा पनि सो कुरा उठाएका थिए।