अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई दिँदै ओलीले भने, निकट रहेर काम गर्न तयार छौं

khabarwave
२३ कार्तिक २०७७

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेकोमा जोय बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।

बिहानै ट्विटमार्फत् ओलीले ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका हुन्। बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका द न्युयोर्क टाइम्सले जनाएको छ। अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल सिट जित्नुपर्छ। बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हन्। बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए।

Loading spinner