अमेरिकाबाट शेर्पाले गरे क्लिनिकल ल्याबमा विद्यावरिधि

khabarwave
१८ कार्तिक २०७७

काठमाण्डाै ।  सोलुखुम्बु दुधकुण्ड नगरपालिका सल्लेरी घर भएर हाल अमेरिकामा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा अध्ययन गदै आएका मिङमार गेल्बु शेर्पाले युनिभसिटि अफ टेक्सास मेडिकल ब्रान्चबाट क्लिनिकल ल्याब साइन्समा क्लिनिकल ल्याब विद्यावरिधि  (डक्टरेट) गरेका छन । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुमा क्लिनिकल ल्याब साइन्स विषयमा विद्यावरिधि गर्ने उनी तेस्रो विद्यार्थी हुन ।उनी अहिले मिजौरी राज्यको मिसिसिपि भ्याली ब्लड सेन्टरको ल्याब म्यानेजरको रुपमा कार्यरत छन ।

नेपालमा सप्तगण्डकी बोर्डिङ स्कूलबाट १० कक्षा, त्यसपछि सिद्धार्थ बनस्थलीमा प्लस टु को अध्ययन पाश्चत उनी मिनेसोटास्थित विनोना स्टेट युनिभर्सिटिमा क्लिनिकल ल्याब साइन्स विषय अध्ययन गर्न अमेरिका आएका थिए । ४ बर्षको ब्याचलर अध्ययनपछि यस क्षेत्रमा हासिल गरेको अनुभवसंगै युनिभर्सिटि अफ टेक्सासबाट गत सुक्रबार क्लिनिकल ल्याब साइन्समा विद्यावरिधि गरेका हुन ।

दावा शेर्पा र पासाङ ल्हेकी शेर्पाको जेठो छोरा मिङमारले विद्यावरिधिको लागी सेन्ट लुइस युनिभसिटि अस्पतालका २१ जना क्यान्सरका विरामीहरुको उपाचारमा ब्लड ट्रान्सफयुजन र बोनमेरो ट्रान्सप्लान्टेसनको बारेमा अनुसन्धान गरि सोधपत्र बुझाएका थिए । उन सन २०१० मा जनरल ल्याबरोटरी टेक्नोलोजिष्ठको रुपमा काम गदै सन २०१४ मा ब्लड ट्रन्सफुजन मेडिसिनको स्पेसलाइज कोर्स गरेका थिए । अहिले उनी ६ जना क्लिनिलक ल्याब टेक्नोलोजिष्टलाई नेतृत्व गदै मिजौरिको ल्याबमा म्यानेजरको रुपमा कार्यरत छन । जुन ल्याब त्यस क्षेत्रको सबै अस्पतालहरुको जाच गर्ने ल्याब हो ।

भविष्यमा  हासिल गरेको ज्ञान र अनुभवको आधारमा नेपालमाका ल्यावमा केही सुधार गर्ने उनकाे साेचाइ रहेकाे छ ।

Loading spinner