अब वीर अस्पताल कोभिड अस्पताल

khabarwave
२१ भाद्र २०७७

काठमाडौं । कोभिड र नन कोभिड विरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा संक्रमण फैलिने विज्ञहरुले बताइरहँदा सरकारले मुुलुककै जेठो अस्पताल बीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले वीरलाई कोरोना अस्पताल बनाउने निर्णय भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले वीर अस्पतालबाट हुने उपचार सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन हुने जानकारी दिए । त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वयसेवकको रुपमा खटाउने निर्णय भएको जानकारी दिए । उनले विभिन्न शिक्षण संस्थामा अध्ययनरत, अनमी, स्टाफ नर्सलगायतका विद्यार्थीलाई आवश्यकता अनुसार सम्झौता गरि कोरोना नियन्त्रण तथा रोकथामका लागि खटाउन सक्ने बताए ।
त्यस्तै मन्त्रालयले सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन् ।

Loading spinner