अफगानिस्तानमा कार्यरत नेपालीहरुकाे अवस्थाबारे अध्ययन गर्ने बन्याे सरकारी संयन्त्र

khabarwave
३१ श्रावण २०७८

काठमाडौं । सरकारले अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताएकाे छ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको  बताएका छन ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले अन्य देशले जस्तै नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न नेपाल सरकारले आह्वान गर्नुपर्ने बताए ।अहिलेको परिस्थितिमा सामान्य तरीकाले काम गरेर नहुने बताउँदै उनले भने, ‘सम्बन्धित नियोगलाई वा कम्पनीलाई आफ्ना नागरिकलाई बाहिर लैजाँदा हाम्रो पनि लगिदेऊ भनेर कसैको दयामायाले हुँदैन । आफैं ल्याउने हो सरकारले गर्नुपर्ने यो हो ।

यस अघि मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिए ।

 

 

Loading spinner