
अप्राकृतिक गर्भाधान तुहिँदा चिन्ता नगरौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाली राजनीति तरंगीत भएको छ । यस विषयमा कलाकारहरुले पनि प्रधानमन्त्रीको कदम बारे आफ्ना टिकाटिप्पणी सामाजिक सञ्जालमा पोखिरहेका छन्। बेला बेलामा सामाजिक संजालमा आफ्नो खरो टिप्पणी राख्दै आएका कलाकार दीपकराज गिरीले आज पनि खरो रुपमा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, हरेक कुरामा माओबादी र एमालेको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौ।
उनले कुनै अप्राकृतिक कुरा स्थाइ नहुँदै भन्दै व्यङ्ग्य गरेका छन्। उनले थप लेखेका छन्,‘ किनकी अप्राकृतिक कुरा स्थाइ हुदैन ‘शुभदिन ।’ उनले हिजो संसद विघटन हुने हल्ला चलिरहेको बेला पनि आफ्नो केहि भनाई समाजिक सञ्जालमा राखेका थिए। जुन निकै भाइरल पनि भएको थियो। उनले लेखेका थिए, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ, दुई तिहाइ पनि दुइ तुहाई भो ।’ उनको प्रतिक्रियामा धेरैले समर्थन जनाएका छन्।