अन्य देशमा जाति, भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने भन्दै डा. भट्टराई गर्जिए

khabarwave
२१ आश्विन २०७७

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै टिप्पणी गरेका छन्। उनले ट्वीटमार्फत प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति र भाषाको पहिचानमा राख्न नहुने  भन्दै प्रश्न गरेका छन्।जनता समाजवादी पार्टीले मंगलबार प्रदेश ५ को नामकरण ‘अवध–थारुवान–मतरात’ राख्ने पक्षमा मत दिने गरी संशोधन दर्ता गराएपनि अस्विकृत भएपछि उनकाे याे धारणा सार्बजिनक भएकाे हाे ।

नेपालमा भूगोल र नदीको आधारमा प्रदेशको नामाकरण गरिएको छ। जसअनुसार प्रदेश नं ३ ले बागमती, प्रदेश नं ४ ले गण्डकी, प्रदेश नं ५ ले लुम्बिनी, प्रदेश नं ६ ले कर्णाली, प्रदेश नं ७ले सुदूरपश्चिम नामाकरण गरेका छन् भने प्रदेश नं १ र २ को नामाकरण हुन बाँकी रहेको छ।

डा. बाबुराम भट्टराईले भनेका छन -‘प्रदेशका नाम नदी,भूगोलको पहिचानमा मात्र राख्नपर्ने तर विविध जाति र भाषाको पहिचानमा राख्न नहुने भन्दै  प्रश्न गरेका छन्,‘यो कहाँको मार्क्सवाद,लोकतन्त्र,संघीयता हो’उनले अन्य देशको उदाहरण दिदैँ जाति, भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने भन्दै प्रतिप्रश्न गरेका छन्। भट्टराईले लेखेका छन्,‘अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति र भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने  ’उनले भूपी शेरचनलाई सम्झँदै लेखेका छन्, ‘हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवास् स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ, सरी लली रोका, सुरेश वाग्ले।।१’

 

Loading spinner