अन्धो

khabarwave
८ फाल्गुन २०७७

आँखा देख्दिन मैले, हो! अन्धो हुँ म
आँखा नभएसि जीवन भो व्यर्थ, निर्जीव प्राणी हुँ म
तिमी घुम्न जान्छौ देश विदेश, हर दिन, हरेक बारमा
म भने दृष्टि विहिनताले मर्नेछु, दिन बित्दैछ अन्धकारमा
तिम्रो शुभ प्रभात पनि मलाइ, रात्री जस्तै लाग्दछ
लौरो टेकि कति हिँड्नु, यसरी बाँचेर यो मन थाक्दछ
न त म तिमी जसरी फेसबुक चलाउन सक्छु
न त मनमा सुख सयलताको बोट फलाउन सक्छु

तर, म खुसी छु, धन्य छ प्रभु, दियौ यो अन्धकारको प्रसाद
देख्नु त पर्दैन कमसेकम समाजका यी विषाद
सुन्न सक्छु म ती भोकमरी र गरिबीका कथाहरु
त देख्न भने पर्दैन ती दयालाग्दा, मार्मिक व्यथाहरु
न त कसैको टाउको काटेर खोलामा फालिएको देख्छु
न त एक बलात्कृतको जीवन उजाडिएको देख्छु
सबैको पीडाहरु एक कानले सुन्छु, अर्को कानले उडाउँछु
किनकी समाजले मलाइ यहि सिकायो र जे सिके, म त्यहि सिकाउँछु

हो अन्धो हु म, छन् मेरा पनि धेरै दुः ख
तर देख्न नपरेसि समाजका विकृति, पायो यो मन ले सुख
अब यी दुख, सुन्न नि नपरोस्, मलाई बहिरो नि बनाइदेउ
यो बोलि ले मन नदुखोस कसैको, यो मुख पनि मेरो सिलाइदेउ
अनि आनन्दसँग जिवन कटाउला आफ्नै मात्र स्वार्थमा
यसरी नै खुसि हुनेछु म, नत्र जिवन कट्ने छ व्यर्थमा

हो अन्धो हु म, तर मलाइ बहिरो नि बन्नु छ, नेपली को हराएको संस्कार जस्तो
मुख नि सिलाइदेउ मेरो, नत्र बोलि निस्केला यी मानिसको अहंकार जस्तो
हो, म अन्धो हु…….
– सम्राट पन्त

Loading spinner