अध्यादेशबारे छलफल नगरी मन्त्रिपरिषद बैठक सम्पन्न, प्रधानमन्त्री अडिग

khabarwave
२ पुष २०७७

काठमाडौं । मन्त्रिपरिषद बैठक संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे  कुनै छलफल नगरी  सकिएकाे छ । बेलुका ६ बजे बसेर ७ बजे सकिएकाे  मन्त्रिपरिषद बैठकमा नियमित एजेण्डा बाहेक अरू बिषयले प्रबेश नपाएकाे बताइएकाे छ । अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित बैठक भर्खरै छ ।

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नभएकाे स्राेतकाे दाबी छ ।सरकारले मन्त्रिपरिषद बैठकको हवाला दिँदै जारी गरेको अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए । नेकपा अध्यक्ष प्रचण्डले आजैको क्याबिनेटबाट अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री केपी शर्मा    ओलीले चाहिँ अध्यादेश फिर्ता लिन आनाकानी गर्दै राष्ट्रपतिलाई भेटेपछि मात्रै लिऔंला भन्ने जवाफ दिएका थिए ।

Loading spinner