अध्ययन भन्छ-नेपाल दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल

khabarwave
८ चैत्र २०७७

काठमाडौँ । नेपालका लागी खुशीकाे खबर- नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ र  दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको हो।स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१० ) को सूचीमा नेपाल ८७ औं स्थानमा परेको हो।विगत तीन वर्षमा गरिएको सर्वेक्षणका आधारमा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो।

सन् २०२० मा ९२ औँ स्थानमा रहेको नेपाल सन् २०२१ मा ५ स्थान माथि उक्लिएर ८७ औँ स्थानमा पुग्न सफल भएको छ। नेपाल यसअघि सन् २०१९ मा नेपाल १०० औँ स्थानमा थियो। उक्त अध्ययन अनुसार छिमेकी मुलुक भारत १३९ औँ स्थानमा, चीन ८४ औँ स्थानमा छ, पाकिस्तान १०५ औँ स्थानमा र बंगलादेश १०१ औँ स्थानमा छन्।सूचीअनुसार विश्वकै सबैभन्दा खुसी मुलुक फिनल्यान्ड पहिलो नम्बरमा छ।

Loading spinner