काठमाडौं। लकडाउनसँगै बन्द काठमाडौंका दुई वटा पाँचतारे होटल पनि सञ्चालनमा आएका छन्। ६ महिनापछि याक एण्ड यति र हायात सञ्चालनमा आएका हुन्। बौद्धस्थित होटल हायात संचालनमा आएको छ। होटल संचालनमा आएपनि यतिखेर संचालित रेष्टुरेण्टमा कर्मचारी र केही पाहुनाको चहलपहल सुरु भएको छ।
सरकारको निर्णय अनुसार अक्टोबर १७ तारिखदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिएसँगै यतिखेर व्यवसायीहरुमा उत्साह र आशा जागेको छ। तर विदेशी पर्यटक आउने र पहिले झैं व्यापार सुरु हुन भने लामै समय कुर्नुपर्ने छ ।होटलले गत २५ तारिख देखि संचालनमा ल्याएको रक्स रेष्टुरेण्टमा फाट्टफुट्ट आन्तरिक पाहुनाको चलहपहल भएको होटलले जनाएको छ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिले केही समय पछि होटलको रुम सर्भिस खुला गर्ने योजना रहेको जनाएको छ। पाहुनाको सेवाका लागि तयार रहेकाे रेष्टुण्टमार्फत फुड एण्ड बेभरेज सेवा संचालन गरिसकेका उक्त हाेटलले जनाएकाे छ ।दुबै होटलले पाहुना स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै एउटा फ्लोरमा आइसोलेसन वार्ड, सामाजिक दुरी कायम गरी १५ जनासम्मको मात्रै सहभागिता हुनेगरी मिटीङ हल, पाहुना कोठा तयारी अवस्थामा राखेको जानकारी दिएका छन।