
४० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ गरेकाे छ। यसरी पक्राउ पर्नेमा नवलपरासी महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।