२८१७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा १५३३

khabarwave
२३ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको थियाे ।याे सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेकाे मन्त्रालयले जानकारी दिएकाे  छ ।

मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेकाे छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

 

Loading spinner