२४ घण्टामा उपत्यकामा १५ सय ९९ पुग्दा देशभर थप २२ सय ५३ जनामा कोरोनाभाइरस संक्रमित

khabarwave
१८ आश्विन २०७७

काठमाण्डाै । पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर हुँदा देशभर थप २२५३ जनामा कोरोनाभाइरस कोभिड–१९ काे  संक्रमण पुष्टि भएको छ।  नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त  जानकारी दिएका हुन् ।
उनकाअनुसार  आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका पुगेका छन  । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छ ।

काठमाडौं उपत्यकाका १५सय ९९ जना  छन् । काठमाडौंका १३सय७३ जना, ललितपुरका १सय ८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

Loading spinner