२२ मेगावाट क्षमताको आयोजनाकालागि जुट्याे लगानी
काठमाडौ । सेती खोला हाइड्रोपावर आयोजना निर्माणाका लागि तीन अर्व २५ करोड रुपैयाँ ऋण लगानी जुटेको छ। कास्की पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट क्षमताको आयोजनाका लागि लगानी जुटेको हो।
आयोजनामा कुमारी बैंकले दुई अर्व रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्नका लागि आइतवार सम्झौता भएको हो। सम्झौताका क्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, कुमारी बैंकका नायव महाप्रबन्धक रामचन्द्र खनाल र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति थियो।
कार्यक्रममा आयोजनाका प्रवर्द्क आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानी सम्झौता भएकोमा आफ्नो टिम उत्साहीत भएकाे बताए। उनले परियोजना निर्माणलाई द्रुत गतीमा अघि बढाउर अनिवार्य व्यवसायीक संचालन मिति भित्रै संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।