१,१९७ मा कोरोना भाइरसको संक्रमण, २,९३४ संक्रमणमुक्त

khabarwave
१ मंसिर २०७७

काठमाण्डाै ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार  सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार  योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ। त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ।

मन्त्रालयले २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको  छ।

Loading spinner