१० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्ने प्रचण्डकाे चेतावनी

khabarwave
२८ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  केपी ओलीलाई चेतावनी दिँदै भनेका छन, अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’ बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए  । उनले भने-‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ ।

उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए । ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ । उनले राममन्दिर र अयोध्या बनाउने हो भने अनुसन्धान गरेर गर्न ओलीलाई चुनौती दिँदै भने, ‘तपाईंका नाटक तीन वर्षमा मैले चिने । पुरातात्विक अनुसन्धान गराउनुस्, मेरो विरोध छैन तर, तपाईंले ठुलो गल्ती गर्नुभयो केपीजी ।’ उनले गलत व्यक्तिका हातमा नेतृत्व गएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।

उनले केपी ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै आयोगका केही मानिस अलि डराएको बताए । ‘तर लक्षण निर्वाचन आयोगले राम्रो देखाएको छैन । ७० प्रतिशत हाम्रो पक्षमा छ तर ओलीले धम्क्याउँदैमा तपाईंहरुको पनि खुट्टी देखियो ।

Loading spinner