हवाई उडान संञ्चालनबारे पर्यटन मन्त्रालय र वायुसेवा सञ्चालकबीच दाेहाेरी,उडान अन्यौल कायमै

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको वायुसेवा ले सञ्चालकहरु अडान दोहोर्‍याएका छन् ।वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् ।मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ । तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।

५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने र भाडा बढाउने निर्णयमै  असहमति राख्दै  सञ्चालकहरुले यात्रुलाई मार पारेर  व्यवसाय अगाडि बढाउन नसकिने बताएका छन ।यसअघि सरकारले मंगलबार १ असोजबाट हवाई उडान खुल्ने बताएको थियो ।यसरी पटकपटक फरकफरक निर्णयले वायुसेवा सञ्चालक नै अन्यौलमा परेको व्यवसायीले बताएका छन् ।

Loading spinner