स्पेनबाट आयाे १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको स्वास्थ्य सामाग्री

khabarwave
६ जेष्ठ २०७८

काठमाण्डाै ।  काेराेनाबिरूद्व लड्न  स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको ५ टन स्वास्थ्य सामाग्री  हस्तान्तरण गरिएको हाे ।

स्वास्थ्य सामाग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहितको टोली नेपाल आएका थिए ।  राजदुत  शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामाग्री रहेको छ ।

नेपालका लागि विदेशी मुलकबाट प्राप्त भएको सहयोग सामाग्री यो हालसम्मकै धेरै भएको मन्त्रालयको भनाई छ ।

Loading spinner