सुर्तीजन्य पदार्थको कर वृद्धिकालागि महत्वपुर्ण सहमति

khabarwave
३० आश्विन २०७७

काठमाण्डाै । नेपाल अबुर्द राेग निबारण संस्था र नेपाल बिकास अनुसन्धान प्रतिस्ठानका पदाधिकारीले नेपाल राजस्व परामर्श समितिका पदाधिकारीलाइ भेटि सुर्तीजन्य पदार्थको कर वृद्धिको लागि  अनुराेध गरेकाे छ । समितिकाे कार्यालय  त्रिपुरेश्वमा समितिका अध्यक्ष  महेश दाहाल , सदस्य निर्मल हरि अधिकारी र सदस्य तथा भन्सार बिभाग का उपमहानिर्देशक भुमिराम शर्माको उपस्थितिमा सुर्तीजन्य पदार्थको कर वृद्धिकोलागि अनुसन्धानात्मक प्रतिबेदन प्रस्तुतिकरण समेत गरिएकाे थियाे ।

उक्त भेटमा  आगामी बजेटका लागि  रणनीतिक रुपमा सयुक्त प्रतिबेदनलाई आवश्यक परिमार्जन गर्न र  थप केही अनुसन्धान समेत गरि सबै सरोकारवाला निकायको समेत सहभागितामा अनुकुल परिस्थितिमा प्रत्यक्ष वा भर्चुल कुनै माध्यमबाट कार्यशाला गोष्ठी गर्ने सैद्धान्तिक सहमति भएकाे नेपाल अर्बुद रोग निवारण सस्थाका केन्द्रीय महासचिव बिमल कुमार होडाले बताउनुभएकाे छ । साे भेटमा अर्बुद रोग निवारण सस्थाका केन्द्रीय महासचिव  होडा ,नेपाल बिकास अनुसन्धान प्रतिस्ठानका कार्यकारी निर्देशक डा. जय कुमार गुरुङ्ग ,सल्लाहकार देबि प्रसाद शर्मा र आर्थिक अनुसन्धानकर्ता रुजेल श्रेष्ठको सहभागिता थियाे ।

Loading spinner